हावाहुरीका कारण कास्कीको रुपामा १४ घरमा क्षति

पाेखरा | जेठ १८, २०८१

हावाहुरीका कारण कास्कीको रुपामा १४ घरमा क्षति फोटो: प्रकाश खनालको फेसबुकबाट

पोखरा:   कास्कीको रुपा गाउँपालिकामा अचानक आएको हावाहुरीका कारण १४ घरमा क्षति पुगेको छ । 


बिहीबार साँझ अचानक हावाहुरीसँग आएको वर्षाका कारण रुपा गाउँपालिका- १ र २ वडाका स्थानीयको घरमा क्षति पुर्‍याएको  जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 


हावाहुरीसँगै आएको वर्षाका कारण रुपामा घर, गोठ र मन्दिरमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी बसन्त कुमार शर्माले जानकारी दिए । 


उनका अनुसार हावाहुरीले घरको छानो उडाउँदा घरभित्र राखिएका अन्नपात,लत्ताकपडा समेत भिजेको छ । यस्तै हावाहुरीले बाख्राको खोर, माहुरीको घार, चिसापानीस्थित कोट मन्दिरको छानोसमेत उडाएको छ । 


हावाहुरीको कारण क्षति पुगेको स्थानमा उद्धारका लागि प्रहरी खटिएको कास्की प्रहरीले जनाएको छ । हावाहुरीका कारण मानविय क्षति भने भएको छैन । यस्तै बिहीबार नै अचानक आएको हावाहुरीका कारण फेवातालमा फसेकी विदेशी नागरिकको सकुशल उद्धार गरिएको थियो । 
 

प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागहरू नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन् ।   ६ महिने अवधि पाएको आफू नेतृत्वको सरकारले निर्वाचन सफलतापूर्वक पूरा गरेको बताउँदै उनले माग सम्बोधनका ल...

थप पढ्नुहोस्

पोखराः   पोखरा वडा नं. ५ स्थित शान्ति निकेतन स्कूलले नयाँ सुविधासम्पन्न भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउने भएको छ । आगामी शैक्षिक सत्र २०८३ देखि नयाँ व्यवस्थापनका साथ पठनपाठनको बारेमा तथा विद्यालयको भा...

थप पढ्नुहोस्

विराटनगरः नेपालको औद्योगिक नगरी विराटनगरका वासिन्दालाई पर्यटनको राजधानी पोखरा भ्रमणको निम्ता प्रदान गरिएको छ । जाउँ है पोखरा अभियान अन्तर्गत पूर्वी नेपालको भ्रमणमा रहेको होटल संघ पोखरा नेपालको टोलीले वि...

थप पढ्नुहोस्